back

किन धेरै मानिसलाई दोहोर्‍याएर कोभिड भइरहेको छ?,कारणहरु के के हुन् ?

महामारीको सुरुवाती समयमा कसैलाई दोहोर्‍याएर कोभिड सङ्क्रमण भएको धेरै कम मात्र सुन्ने गरिन्थ्यो।

तर गत नोभेम्बरको अन्त्यतिर ओमिक्रोन भेरिअन्ट देखिएपछि कोभिड सङ्क्रमण दोहोरिने अवस्था कुनै नौलो रहेन।

यसको एउटा पक्ष ओमिक्रोन भेरिअन्ट आफै पनि हो। किनभने यसले पुराना भेरिअन्टहरूविरुद्ध बनेका प्रतिरोधी क्षमतालाई दबाउन सक्छ।

अर्को पक्ष सङ्ख्याको खेल पनि हो।

हामीमध्ये धेरैजना कुनै न कुनै समयमा सङ्क्रमित भइसकेका छौँ। नयाँ सङ्क्रमणको बढ्दो दर धेरैलाई दोस्रो पटक हो।

तर छोटो समयभित्र दुई पटक कोभिड सङ्क्रमण हुने सम्भावना ज्यादै कम रहन्छ। ओमिक्रोनको पछिल्लो भेरिअन्टबाट पनि यस्तो हुने सम्भावना कम छ।

अधिकांश मानिसहरू दोस्रो पटक भएको सङ्क्रमणबाट जटिल बिरामी पर्दैनन्।

दोहोर्‍याएर कोभिड हुने सम्भावना कति छ?

यो सम्भावना उच्च छ। किनभने हाम्रो प्रतिरोधी क्षमता घट्दै जान्छ र कोरोनाभाइरस उत्परिवर्तन भइरहन्छ।

धेरै मानिसहरू कोरोनाभाइरसका अन्य स्वरूपहरूबाट सङ्क्रमित हुने जोखिममा रहेको ठान्छन् जसले उनीहरूको जीवनमा धेरै पटक सामान्य रुघाखोकी मात्र निम्त्याउन सक्छ।

तर महामारीको प्रारम्भिक चरणमा कोभिड यस्तो होला भन्ने आकलन गरिएको थिएन।

सन् २०२१ को नोभेम्बर अघिसम्म यूकेमा एक प्रतिशत मानिसहरूमा मात्र पुन: सङ्क्रमण भएको विवरण थियो।

त्यसपछि ओमिक्रोन फैलियो। यो त्यसअघि देखिएका कोरोनाभाइरसका अन्य स्वरूपहरूभन्दा धेरै भिन्न देखियो।

यसको फरक स्वरूपले शरीरमा यसअघि सङ्क्रमणबाट बनेका प्रतिरक्षा शक्ति छल्न मद्दत गर्‍यो।त्यस कारण पनि पुनः सङ्क्रमणको दर यो वर्ष कोभिडको प्रारम्भिक चरणमा भन्दा १० गुणा बढी देखियो।

ओमिक्रोनको नयाँ स्वरूप कसरी फरक भयो?

ओमिक्रोन पनि भनिने बीए.२ स्वरूपले यूकेमा सङ्क्रमणदर पुनः नयाँ विन्दुमा पुर्‍याएको छ।

मार्च १९ अघिको एक सातामा हरेक १६ जनामा एक जनालाई कोभिड सङ्क्रमण भएको तथ्याङ्क छ।

कोभिड परीक्षण किट

यो यसअघि क्रिसमस ओमिक्रोन भनिएको बीए.१ स्वरूपसँग मिल्दो भए पनि अझै बढी सङ्क्रामक छ।

उपलब्ध विवरणहरू अनुसार दोस्रो पटक कोभिड सङ्क्रमण हुनु दुर्लभ हो तर त्यो हुनसक्छ।

धेरैजसो सङ्क्रमण युवाहरूमा र खोप नलगाएका मानिसहरूमा भएको छ।

प्रयोगशालाहरूमा गरिएका अध्ययनहरूले एक पटकको सङ्क्रमणबाट बनेको प्रतिरक्षा क्षमताबाट मात्र भन्दा ओमिक्रोन सङ्क्रमण र कोभिड विरुद्धको खोप दुवैबाट बन्ने प्रतिरोधी क्षमताले पुनः सङ्क्रमणबाट थप सुरक्षा दिने देखाएका छन्।

कसैलाई दोहोरिएर ओमिक्रोन सङ्क्रमण हुने सम्भावना धेरै नै कम रहे पनि कसै-कसैलाई भएको देखिएको छ।

ओमिक्रोनले बिरामी बनाउँछ?

अहिलेसम्मको विवरणहरू हेर्दा बीए.२ बाट हुने सङ्क्रमणले बीए.१ को सङ्क्रमणले जस्तो अस्पताल नै जानुपर्ने अवस्था बनाउँदैन।

प्रतिरक्षा विज्ञ प्राध्यापक एलेनोर रिलेका अनुसार “पुनः सङ्क्रमण भयो भने पनि कोभिड-१९ बाट पहिलो पटक सङ्क्रमण हुँदा जस्तो समस्या हुँदैन।”

त्यसको मतलब हाम्रो नाक वा घाँटीमा भाइरस रहन्छ।

एक पटकको सङ्क्रमण र कोभिड खोपले हाम्रो शरीरमा भाइरस प्रवेश गरेर गम्भीर क्षति गर्नबाट उपयुक्त सुरक्षा दिन सक्छ। तर भाइरसलाई नाक वा घाँटीभित्रै छिर्नबाट भने रोक्न सक्दैन।

प्राध्यापक रिलेका अनुसार “पुनः सङ्क्रमण भयो र केही पनि लक्षण देखिएन भने पनि जोखिममा रहेका अन्य व्यक्तिमा भाइरस सार्न सक्ने कुराप्रति हामी सचेत हुनुपर्छ।”

कोभिड सङ्क्रमणले कमजोर प्रतिरक्षा प्रणाली भएका र स्वास्थ्य समस्या भएका मानिसहरूलाई अझै पनि अस्पताल जानुपर्ने जटिलता निम्त्याउन सक्छ।

यूकेमा अहिले सङ्क्रमण नयाँ उचाइमा पुगे पनि धेरै कम मानिसहरूलाई मात्रै अस्पताल जानुपर्ने अवस्था देखिएको छ।

यसको कारण धेरै मानिसहरूलाई यसअघिको सङ्क्रमण र खोपका कारण दोहोरो सुरक्षा उपलब्ध हुनु हो।

ज्यानुअरी महिनामा यूकेमा कोभिड सङ्क्रमण उच्च हुँदा कोभिडका कारण अस्पताल भर्ना भएका ५५ प्रतिशत बिरामीहरूलाई मात्र कोभिड सिर्जित समस्याको उपचार आवश्यक परेको थियो।

मार्च २२ सम्मको विवरण अनुसार त्यो दर ४५ प्रतिशत छ।

कोभिडका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या गत वर्षको ज्यानुअरीको तुलनामा आधाभन्दा कम छ।

त्यहाँको सरकारले अघि बढाएको खोपको बुस्टर मात्रापछि अति जोखिम समूहमा रहेका मानिसहरूलाई पनि ओमिक्रोनका कारण जटिल बिरामी पर्नबाट बचाउने अपेक्षा गरिएको छ।बीबीसि र एजेन्सीको सहयोगमा तयार पारिएको।

nactional life
Corporatebazar 11 Anniversary

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...