back

किसानको बारीमै पुग्ने र व्यापारीको गोदाममा उज्यालो पसेको अनुभुती हुने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनु भएको छ ।

उहाँले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताउनुभयो ।

नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममाा बोल्दै उहाँले भन्नुभयो, ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं’ उहाँले भन्नुभयो ।

अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गर्नुभयो । ‘म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्केन चाहन्छु, त्यता नफर्कि उत्तादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिदैन भन्ने लाग्छ’ उहाँले भन्नुभयो, ‘निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाहा संभावना छ ।’

चालू आबको ८ महिनामा कुल बैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताउनुभयो । चालू आबको ८ महिनाससम्ममा निर्यातले नयाँ किर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो ।

उहाँले बढ्दै गएको व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि माग्नुभएको थियो । ‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पुँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस बिषयमा सुझाव चाहिएको छ’ उहाँले भन्नुभयो ।

उहाँले बाह्क कारण अर्थतन्त्रमा असर परेको तर अर्थबिद्हरुले व्यक्तिगत रुपमा आफूनो बारेमा नकारात्मक टिप्पणी गरेको बताउनुभयो । ‘केही बिद्धानसाथीहरुले गरेको टिप्पणी सुनेको छु । कुन विश्वविद्यालयबाट ज्ञान हाँसिल गर्नुभएको हो, थाहा छैन । त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु’ उहाँले भन्नुभयो ।

२५ भदौमा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर हाँसिल हुने स्थिति रहेको उहाँले दाबी गर्नुभयो । ‘तर, बजेट घोषणा लगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे बर्षात्ले धान बालीमा ठूलो क्षति भयो । अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपाालको आयातुमखी अर्थतन्त्रलाई पनि असर गरेको छ’ उहाँले भन्नुभयो, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको बिषय सबैले बुझ्नुपर्छ ।’

उहाँले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिनुभयो । साथै, ६.७ महिनासम्मको बस्तु तथा सेवा आयात गर्न धान्ने बिदेशी मुद्रा संचित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको बताउनुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताउनुभयो । उहाँले देश भित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताउनुभयो । ‘केही बस्तुको आयातमा प्रतिबन्ध गर्न र आयातमा थप कडाई गर्न विभिन्न क्षेत्रबाट सुझाव आएपनि अर्थतन्त्रलाइ सकेसम्म खुल्ला छाड्नुपर्छ, नियन्त्रणा गर्नु हुँदैन भन्ने सरकारको नीति छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा बरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत संभव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिनुभएको थियो । उहाँले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि शशक्त कदम चाल्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा अर्थशास्त्रीहरु प्रा. डा. गोबिन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेश गर्नुभएको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वि.सं.२०८३ साउन १७ आइतवार २०:३१

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...