back

आर्थिक प्रतिबन्धमा परेका रुसका धनाढ्यहरूले तिनका ‘कालो धन’ कहाँ लुकाउँछन्?

दशकौँसम्म रुसी धनाढ्यहरूले गैरकानुनी रूपमा आर्जन गरेको अर्बौँ डलर देश बाहिर विभिन्न देखावटी अर्थात “शेल कम्पनीहरू” मा राख्दै आएका छन् जसलाई पत्ता लगाउन एकदमै कठिन हुने गरेको छ।

तर रुसले युक्रेनमा अतिक्रमण गरेपछिको अवस्थामा अहिले विश्वभरका देशहरूले विभिन्न प्रतिबन्ध र नयाँ कानुनहरू लागु गर्दै त्यस्ता धनलाई पत्ता लगाउनका लागि विभिन्न कदम चाल्न थालेका छन्।

रुसको कति ‘कालो धन’ विश्वभर छरिएको छ?

अमेरिकी थिङ्क ट्याङ्क द एटलान्टिक काउन्सिलको दाबी अनुसार रुसीहरूले करिब एक ट्रिलियन डलर बराबरको “कालो धन” विदेशमा लुकाएका छन्।

उसको सन् २०२० को प्रतिवेदनले गरेको अनुमानमा त्यसमध्ये एक चौथाइ रकम रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनी निकटका धनाढ्यहरूको नियन्त्रणमा रहेको दाबी गरेको छ।

उक्त प्रतिवेदनले उल्लेख गरेको छ, “क्रेम्लिनले यो रकमको दुरुपयोग गरेर त्यसलाई जासुसी, आतङ्कवाद, औद्योगिक जासुसी, भ्रष्टाचार, राजनीतिक रूपमा झुक्क्याउन, मिथ्या सूचना फैलाउन र अरू अवाञ्छित उद्देश्यहरूका लागि खर्च गर्न सक्छ।”

त्यो कालो धन कसरी कमाइएको थियो?

अमेरिकाको अर्को थिङ्क ट्याङ्क न्याश्नल इन्डाओमेन्ट फर डेमोक्रेसीका अनुसार पुटिनले उनका निकटवर्तीहरूलाई “राज्यको बजेटबाट रकम उठाउन, निजी व्यवसायबाट फिरौति असनुल्न र नाफामा रहेका उद्योगहरू कब्जा गर्नेसम्मका छुट दिएका छन्।”

उक्त संस्थाको दाबी अनुसार यही बाटो समाएर तिनीहरूले दशौँ अर्ब डलर व्यक्तिगत सम्पत्ति थुपारेका छन्।

रुसी विपक्षी नेताहरू बोरिस नेम्त्सोभ र भ्लादिमिर मिलोभले दाबी गर्दै भनेका छन् सन् २००४ र सन् २००७ को बीचमा एउटा ठूलो तेल उत्पादक ग्याजप्रोमको कोषबाट पुटिनका निकटवर्तीहरूलाई ६० अर्ब डलर उपलब्ध गराइएको थियो।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरन्याश्नल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट‌स्‌ले सार्वजनिक गरेको “प्यान्डोरा पेपर्स” भनिएको दस्ताबेजमा पनि पुटिन नजिकका व्यक्तिहरू एकदमै धनी भएका र उनीहरूले उनको सम्पत्ति यता उता सार्न मद्दत गरिरहेको उल्लेख गरिएको थियो।

उक्त पैसा कहाँ छ?

पहिला पहिला त्यस्तो पैसा मध्ये धेरै साइप्रस पुग्ने गरेको बताइन्थ्यो किनभने त्यहाँको कर सम्बन्धी नियम आकर्षक थियो। कतिपयले उक्त टापुलाई भूमध्य सागरमा रुसको प्रभावस्थल भन्ने जनाउन ‘मस्को अन द मेड’ भनेर समेत टिप्पणी गर्थे।

एटलान्टिक काउन्सिलका अनुसार सन् २०१३ मा मात्रै रुसबाट ३६ अर्ब डलर त्यहाँ पुगेको थियो। अधिकांश पैसा शेल कम्पनीहरूबाट भित्रिएको थियो जुन कम्पनीहरूको प्रयोग त्यसका वास्तविक धनीहरूको परिचय लुकाउनका लागि गरिन्छ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले साइप्रसलाई शेल कम्पनीहरूका दशौँ हजार खाताहरू बन्द गर्न सहमत तुल्याएको थियो।

High-angle shot of a yacht marina in the British Virgin Islands

ब्रिटिश भर्जिन आइल्याण्डस

त्यसबाहेक “ब्रिटिश ओभरसिज टेरिटोरिज” जस्तै भर्जिन आइल्याण्ड्स र केमेन आइल्याण्ड्स पनि पैसा लुकाउन चाहनेहरूका लोकप्रिय गन्तव्य हुन्।

सन् २०१८ मा प्रकाशित ग्लोबल विटनेशको एउटा प्रतिवेदनले यी करबाट उन्मुक्ति पाउन सकिने स्थानहरूमा रुसी धनाढ्यहरूको करिव ४५ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको हुनु पर्ने अनुमान गरेको थियो।

त्यसमध्ये कतिपय धन लगानी गरि मुनाफा आर्जन गर्न सकिने विश्वका वित्तीय राजधानीहरू जस्तै न्यूयोर्क र लन्डनमा समेत पुग्ने गर्छन्।

भ्रष्टाचार निवारणको क्षेत्रमा काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरन्याश्नलले यूकेमा रहेका घरजग्गा सम्पत्तिमध्ये कम्तीमा पनि २ अर्ब डलर वित्तीय अपराधमा आरोपित रुसी वा क्रेमलिनसँग सम्बन्ध भएका मानिसहरूको स्वामित्वमा रहेको दाबी गरेको छ।

“अर्गनाइज्ड क्राइम एन्ड करपशन रिपोर्टिङ प्रोजेक्ट” को सन् २०१४ को एउटा प्रतिवेदनले रुसी अवैध धनलाई वैध बनाउन चालिएका कदमबारे थप खुलासा गरेको थियो।

उसले सन् २०११ देखि सन् २०१४ सम्म १९ वटा रुसी ब्याङ्कहरूले ९६ देशमा रहेका ५,१४० कम्पनीहरूमा २० दशमलव ८ अर्ब डलर अवैध धनलाई वैध बनाएको जनाएको थियो।

रकम कसरी लुकाएर राखिएको छ?

सामान्यतया रूपमा रुसी धनाढ्यहरूले आफ्नो “कालो धनलाई” विदेशस्थति शेल कम्पनीहरूमा लुकाएर राख्ने गरेको पाइन्छ।

“उनीहरूले विश्वका उत्कृष्ट वकिल, अडिटर, ब्याङ्कर र पैरवीकर्ताहरूलाई आफ्नो धन लुकाउन र वैध बनाउने कानुनी बाटो विकास गर्नका लागि रोजगारी दिएर राख्छन्।”

“एउटै धनाढ्यले पनि आफ्नो र अन्य कतिपय देशको नियमित कानुनी क्षेत्राधिकारभित्र नपर्ने त्यस्ता ठाउँहरूमा धेरैवटा बेनामी शेल कम्पनीहरूको विभिन्न तहहरू नै खडा गरेको हुन्छ र त्यस्ता कम्पनीहरूका बीचमा नै उस्को पैसा बिजुलीको गतिमा आदानप्रदान हुने गर्छ।”

सन् २०१६ मा इन्टरन्याश्नल कन्सरटियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्‌ले “पानामा पेपर्स” प्रकाशित गरेका थिए जसमा धनी रुसीहरूका लागि एउटा कम्पनी एक्लैले २,०७१ वटा सेल कम्पनी खडा गरेको पाइएको थियो।

रुसी धनाढ्यका सम्पत्ति खोज्न के गरिँदैछ?

युक्रेनविरुद्ध रुसले आक्रमण गरेयता रुसी धन पत्ता लगाउन शृङ्खलाबद्ध कदमहरू चालिँदैछ।

संयुक्त राज्य अमेरिकाले ‘क्लेप्टो क्याप्चर’ कार्यदल स्थापना गर्दैछ जसको उद्देश्य रुसी धनाढ्यका सम्पत्ति पत्ता लगाउनु रहेको छ।

त्यो अमेरिकी न्याय मन्त्रालय मातहत रहनेछ र त्यसको उद्देश्य गैरकानुनी व्यवहारबाट आर्जन गरिएको धन जफत गर्नु हुनेछ।

यूकेको सरकारले आफ्नो देशभित्र सम्पत्ति जोड्न कहाँबाट धन प्राप्त भयो भन्ने प्रमाणित गर्नुपर्ने बाध्यकारी प्रावधान लागू गर्न कदमहरू चालेको छ।

साइप्रस रुसी धन लुकाउनका लागि एउटा लोकप्रिय गन्तव्य हो 

साइप्रस रुसी धन लुकाउनका लागि एउटा लोकप्रिय गन्तव्य हो 

त्यस्तो नियमले अपराधसँग धन जोडिएको आशङ्का भएमा बैङ्क र बिल्डिङ्ग सोसाइटी भनिने वित्तिय कारोबार गर्ने निकायहरूमा रहेका खातामा भएका रकम रोक्का गर्न सक्ने व्यवस्था छ।

र सरकारले आर्थिक अपराध ऐन अनुमोदन गरेको छ जसमा देशबाहिर रहेकाहरूको स्वामित्वमा यूकेमा रहेका सम्पत्तिमा लाभग्राहीको नाम भिन्नै अभिलेखमा रहने छ।

यूकेको सरकारले देशमा ठूलो परिमाणमा लगानी गर्ने धनाढ्य विदेशीलाई उपलब्ध गराउने ‘गोल्डेन भिसा स्किम’ पनि रद्द गरेको छ।

रुसी रकमको लोकप्रिय गन्तव्य माल्टाले पनि धनाढ्यहरूले नागरिकता खरिद् गर्न मिल्ने त्यस्तो ‘गोल्डेन पासपोर्ट’ प्रणाली रद्द गरेको छ। साइप्रस र बल्गेरियाले सन् २०२० मा नै त्यस्तो व्यवस्था खारेज गरेका थिए। बीबीसि

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

वि.सं.२०८३ साउन १८ सोमवार १४:५२

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख...

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

वि.सं.२०८३ साउन १८ सोमवार १४:५०

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज...

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

वि.सं.२०८३ साउन १७ आइतवार २०:२९

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

वि.सं.२०८३ साउन १७ आइतवार ११:५४

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि...