back

‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणका लागि कोषले ४२ करोड रुपैयाँ ऋण दिने सम्झौता

काठमाडौं । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अुमानित लागतको “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

कोषको नगरपालिकाहरुमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न शहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप दमक नगरपालिकाको नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधीयुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट निर्माण हुन लागेको हो ।

‘दमक सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ । शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बीच ४२ करोड ८० लाख रुपियाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

‘दमक सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो ।

कार्यकारी निर्देशक सापकोटाले आधुनिक शहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको शहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुशी व्यक्त गरे।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १८ सोमवार ११:१६

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

वि.सं.२०८३ साउन १७ आइतवार २१:५५

काठमाडौँ । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...