back

एक वर्षमा ह्वावेले ११३.७ बिलियन कमायो

काठमाडौं । ह्वावेले आर्थिक वर्ष २०२१ को वार्षिक प्रतिवेदन जारी गरेको छ । कम्पनीले गत वर्षभर स्थिर सञ्चालन कायम राखेको जनाएको छ । प्रतिवेदनअनुसार, ह्वावेले २०२१ मा चिनियाँ युवान ६३६.८ बिलियन राजस्व हासिल गरेको छ भने ११३.७ बिलियन नेट प्रोफिट हासिल गरेको छ । जुन वार्षिक ७५.९५ ले वृद्धि भएको कम्पनीको भनाइ छ ।

२०२१ मा कम्पनीको रिसर्च एण्ड डेभलपमेन्ट खर्च १४२.७ बिलियन पुगेको छ । जसले यसको कुल राजस्वको २२.४ प्रतिशत प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । ह्वावेका रोटेटिंग अध्यक्ष गुओ पिङले प्रेस सम्मेलनमा भने, “समग्रमा, हाम्रो कार्यसम्पादन पूर्वानुमान अनुरूप थियो । हाम्रो क्यारियर व्यवसाय स्थिर रह्यो, हाम्रो इन्टरप्राइजेज व्यवसायले स्थिर वृद्धि हासिल गर्यो र हाम्रो उपभोक्ता व्यवसाय चाँडै नै नयाँ डोमेनहरूमा विस्तार भयो । साथै, हामी इकोसिस्टम विकासको फास्ट ट्रयाकमा लागेका छौं।”

ह्वावेकी सीईओ मेंग वान्जोउले पनि २०२१ मा राजस्वमा कमी आए पनि नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने हाम्रो क्षमता बढ्दै गइरहेको बताइन् । २०२१ मा ह्वावेको क्यारियर व्यवसायले २८१.५ बिलियन राजस्व उत्पन्न गरेको थियो र विश्वभरका क्यारियरहरूलाई अग्रणी ५जी नेटवर्कहरू प्रयोग गर्न मद्दत गरेको छ ।

ह्वावेद्वारा स्वीट्जरल्याण्ड, जर्मनी, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया र साउदी अरेबिया लगायत १३ देशहरूमा ग्राहकहरूको लागि निर्मित ५ जी नेटवर्कहरूले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । क्यारियर र र्पाटनरहरूसँग काम गरेर ह्वावेले औद्योगिक ५ जी एप्लिकेशनहरूको लागि ३,००० भन्दा बढी व्यावसायिक सम्झौताहरू हस्ताक्षर गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...