back

सुबिसुले सञ्चालनमा ल्यायो नेपालकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर,के के हुन्छ सुविधा?

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । महामारीबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको हो ।

डेटा सेन्टरका लागि आवश्यक र्याक, स्वीच लगायतका सबै सामग्री भर्टिभबाट ल्याइएको कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) रामकृष्ण परियारले जानकारी दिए । करिब अढाई वर्ष अघि आगलागी भएको सुबिसुको कार्यालय नजिकै नयाँ डेटा सेन्टर तयार पारिएको छ ।

आधिकारिक रुपमा डेटा सेन्टरको स्तर मापन नगरिएको भए पनि टियर २।५ रहेको परियारको भनाई छ । ‘कम्पनीका ग्राहकको सेवालाई स्तरिय बनाउने मुख्य उद्देश्यका साथ यो डेटा सेन्टर तयार पारिएको हो,’ उनले भने, ‘यसमा लोकल ब्यान्डविथका लागि कण्टेन्ट डेलिभरी नेटवर्क ९सीडीएन० सर्भरहरू पनि राखेका छौँ ।’

डेटा सेन्टरमा वैकल्पिक पावर सप्लाइको व्यवस्था समेत गरिएको छ । समान आठ आठ र्याक रहेका दुई लाइनमा क्रमशः पहिलोमा ४० किलो वाट र दोस्रो लाइनमा ७० किलो वाट क्षमताको दोहोरो पावर सिस्टमको व्यवस्था मिलाइएको छ ।

हाल डेटा सेन्टरमा १६ टेराबाइट प्रति सेकेन्ड डाउनलोड तथा अपलोड क्षमता भएको सर्भर राखिएको कम्पनीले जनाएको छ । जसमा ‘वान प्लस वान’ प्रोटेक्सन राखिएको छ । तत्कालका लागि सुबिसुकै सेवा स्तरीय बनाउन सञ्चालनमा ल्याइएको यो डेटा सेन्टर भविष्यमा मागअनुसार अन्य कम्पनी तथा संस्थालाई समेत प्रयोग गर्न दिने योजना रहेको परियारले बताए । डेटा सेन्टरका लागि छुट्टै नयाँ बिल्डिङ तयार पारिएको छ । जसले आठ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्नसक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित यो डेटा सेन्टरमा ‘रिमोट एक्सेस’ बाट सञ्चालन गर्न सकिने सुविधा समेत रहेको छ । भर्टिभका लागि नेपालको आधिकारिक साझेदार समेत रहेको सुबिसुले अन्य कम्पनी तथा सङ्घसंस्थाका लागि समेत मोडुलर डेटा सेन्टर निर्माणको काम गर्दै आएको छ ।

‘नेपालमा अहिलेसम्म नेपाल प्रहरी, राष्ट्रिय वाणिज्य बैंक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अर्थ मन्त्रालयमा भर्टिभको मोडुलर डेटा सञ्चालनमा छ,’ सीटीओ परियारले भने, ‘तर सुबिसुले अहिले सञ्चालनमा ल्याएको डेटा सेन्टर भने नेपालमा भर्टिभको अहिलेसम्मकै ठूलो मोडुलर डेटा सेन्टर हो ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...