गाउँपालिकाकै पहिलो सिभिल इन्जिनियरले गरे गाउँपालिका अध्यक्षमा उमेद्वारी घोषणा
वि.सं.२०७८ फागुन ३० सोमवार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानिय युवा एवं सिभिल इन्जिनियर ध्रुब राज घिमिरेले जिल्लाको जुगल गाउँपालिकाबाट आसन्न बैशाख ३० गतेको स्थानिय निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन ।
‘आधारभुत काम गरौ, पार्टीभन्दा माथि जुगलवासी’ भन्ने मुल नाराका साथ आईतवार एक बिग्यप्ती जारी गर्दै घिमिरेले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन ।
स्थानिय युवामाझ लोकप्रिय छवी बनाएका घिमिरे जुगल गाउँपालिकाकै पहिलो सिभिल इन्जिनियर पनि हुन । उनिसँग देशका बिभिन्न जिल्लाहरु दर्चुला, ताप्लेजुङ, दैलेख, दोलखा, नुवाकोट लगायतका ठाउँहरुमा विगत १० बर्षदेखी सिभिल इन्जिनियर र प्रोजेक्ट मेनेजरको रुपमा कार्य सम्पादन गरेको अनुभव छ । घिमिरेले जुगल गाउँपालिकाकै रत्न राज्य मा.वि.मा केही समय अध्यापन समेत गरेका थिए ।
प्रकाशित समय : ११:४१ बजे






















