back

ग्रीन भेन्चर्सले आईपीओ चैत ८ गतेदेखि निष्काशन गर्ने, क-कसले आवेदन दिन पाउने ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइए कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गरिसकेको छ । त्यसैले चैत ८ गतेदेखि खुला हुने आईपीओमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् ।

 


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८२ वैशाख ३० मंगलवार १५:३४

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १८:३४

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख १७ बुधवार १२:००

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।...