महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थीलाई झोला वितरण
वि.सं.२०७८ फागुन २५ बुधवार
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदै यस बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमकाबिच बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको हो ।
उक्त झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, विद्यालय व्यावस्थ।पन समितिका पदाधिकारीहरु उपस्थित रहेको थियो ।
कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापनले बैंकलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रकाशित समय : २०:१८ बजे





















