back

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकले Coop Card जारी गर्ने

nactional life

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको Coop Card जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा Coop Card जारी गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले Coop Card जारी गर्नेछन । यसका लागि SCT ले चाइना युनियन पे (UPI) सँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पुर्याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको Coop Card जारी गर्न लागेको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका ATM/POS मार्फत सहजै चलाउन सकिनेछ ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी Coop Card जारी गर्न सक्नेछन ।

यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

वि.सं.२०८३ जेठ २१ बिहीवार १२:१७

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३६

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न,...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

वि.सं.२०८३ जेठ २० बुधवार १०:२९

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका...

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१९

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१,...

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...