back

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।

सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब ५० लाख खर्च न्यूनीकरण हुने निगमले जनाएको छ । यस्तै, निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय पनि गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढेपनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् ।

यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ ।

बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३।३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

आगामी १५ दिनमा साढे दुई अर्ब घाटा प्रक्षेपण

पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ । निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।

 

 

nactional life
Corporatebazar 11 Anniversary

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य छ : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:०३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता...

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

विकासमा सुस्त कर्णाली : चैत मसान्तसम्ममा २४ प्रतिशत मात्रै बजेट खर्च

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:५१

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा...

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

इमानसँग अर्थमन्त्री: सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४१

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा...

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख २ बुधवार १७:३०

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’...

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

सहकारी पीडितको बचत फिर्तामा सरकारको सक्रियता: ३८ अर्ब ठूला र १ अर्ब २९ करोड साना बचतकर्ताको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १६:३२

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

वि.सं.२०८३ वैशाख २ बुधवार १०:४७

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा...