किन बोलायो एकीकृत समाजवादीले स्थायी कमिटी बैठक
वि.सं.२०७८ फागुन १४ शनिवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको जनकारी प्राप्त भ्को छ।
प्रकाशित समय : १९:३० बजे





















