back

काभ्रेको नमोबुद्धका राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र बन्ने

nactional life

काभ्रे ।​ राष्ट्रिय युवा परिषदको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न चारपक्षबीचको समझदारीपत्रमा हस्ताक्षर भएको छ।​

बुधवार नमोवुद्ध नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद , नमोबुद्ध नगरपालिका , काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सो समझदारीमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र प्रशासकीय प्रमुख रमाकान्त शर्मा , नमोवुद्ध नगरपालिकाका तर्फबाट नगर प्रमुख टिपि शर्मा र प्रमुख प्रशासकीय प्रमुख अधिकृत राजन पौडेल , काठमाडौं विश्वविद्यालयका तर्फबाट निर्देशक प्रा.डा. दिपक शर्मा र विभागीय प्रमुख डा.रिजनभक्त कायस्थ , आइडिया स्टुडियो नेपालका तर्फबाट बोर्ड अफ डाइरेक्टर सुरेश सिंखडा र एलिसा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रवर्द्धनात्मक सोच भएका युवाको खोजी गर्दै उनीहरूलाई आवश्यक परामर्श दिने र प्राविधिक तथा ब्यवसायिक तालिम मार्फत् स्वरोजगार र उद्यमशील बनाउने लक्ष्य रहेको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले वताए।

नमोबुद्ध नगरपालिका वडा नं.८ मा रहेको ५३ रोपनी ६ आना जग्गामा उक्त नवप्रवर्तन केन्द्र बन्ने भएको छ। यस परियोजनाको ज्ञान साझेदारमा काठमाडौं विश्वविद्यालय र प्राविधिक साझेदारीमा आइडिया स्टुडियो नेपाल रहने भएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२१

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...