सुनचाँदिको मुल्य घट्यो
वि.सं.२०७८ फागुन ९ सोमवार
काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भैरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यसैगरि आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैंयाँले घटेर तोलाको १३०० मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित समय : ११:५१ बजे





















