back

बेलायतबाट फर्केका गौतम खोले ‘कोशेली थकाली’,विधार्थीलाई १० प्रतिशत छुट

काठमाण्डौ । ०६०को दशक सुरु भएसँगै नेपाली युवा–यवतीहरु लाखांैको सङख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशीए ।

खासगरी देशमा ब्याप्त राजनीतिक भद्रगोल, गरीखाने वातावरणको कमी र वेरोजगारीले धेरै युवा वाहिरीए । त्यसरी बाहिरने मध्येका एक हुन् निजगढ घर भइ काठमाण्डौ बसोबास गर्दै आएका विनय गौतम ।

उमेरले ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि पढ्न र केही अवसरको खाजीमा बेलायत छिरेका हुन् । उनले खासगरी वेलायतमा पढ्ने र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरे ।

उनी भन्छन् ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ । कामलाई सानो ठुलो भनिन् ।’

आजै काठमाण्डौको शंखमुल स्थीत आलोकनगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट उद्घाटन गरेका विनयले भने ‘बेलायतको अनुभवले अब उद्यमी भएँ’ । उनले कोशेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताए । जसमा ९ जनालाई रोजगारी दिएको उनले बताए । चर्चित नेपाली थकाली ब्राण्डलाई प्रमोशन गर्ने हिसावले थकाली रेष्टुरे्न्ट खोलेको उनी सुनाउँछन् ।

भन्छन् ‘अग्यानिक हिसावको थकाली खाना र सेकुवा ‘कोशेली थकाली’को मुख्य पहिचान हुनेछ ।’

त्यसका आलवा आफनो रेष्टुरेन्टमा ढिंडो, कालिजको मासु, खशिको भुटन र टाउको, मम, चाउमिन, पेय पदार्थ लगायत नेपालमा चलि आएका धेरैजसो आइटम पाइने बताए ।

विनय भन्छन् ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रोमाइज गर्नेछैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ ।

अग्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफनो मुल लक्ष्य रहेको उनले सुनाए । उनले विधार्थीलाई १० प्रतिशत छुट रहेको पनि सुनाए ।

आफुलाई नेपालमा कमाउनु पर्ने केही नभएको र स्वदेशमै केही गरौं, आफुलाई व्यस्त बनाउँ, रोजगारी सिर्जनामा योगदान दिउँ भन्ने आशयले होटल व्यवसाय थालेको उनले सुनाँए ।,

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

वि.सं.२०८३ असार २६ शुक्रवार ११:५८

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु...

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...