back

सामलिङ्ग पावरको आईपीओ यही साता नेप्सेमा सूचीकरण हुने

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ यही साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।

सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सूचीकरणका लागि नेप्सेमा कागजपत्र पेस भइसकेको छ। ‘नेप्सेले सूचीकरण सम्झौता बोलाउन बाँकी छ’, नेपाल एसबीआई मर्चेन्ट बैंकिङका एक अधिकारीले भने, ‘फाइल पठाएको ३ दिन भइसकेको छ, अब १–२ दिनभित्रै सूचीकरण सम्झौता हुन सक्छ।’

नेप्सेका एक अधिकारीले सामलिङ्ग पावरको आईपीओ सूचीकरणका लागि फाइल आइसकेको बताए। अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ, सम्भवतः १–२ दिनभित्रै सूचीकरण सम्झौता हुन सक्छ।’

यदि नेप्सेमा यो कम्पनीको आईपीओ बुधबारअघि नै नेप्सेमा सूचीकरण भएमा यसै साताबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने सम्भावना छ। तर यदि बिहीबार सूचीकरणमा सम्झौता भएमा आगामी आइतबारबाट मात्रै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

सामलिङ्ग पावरले गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत कात्तिक १६ गते भएको थियो।

सामलिङ पावरको सेयर लगानीकर्ताको डिम्याट खातामा आउन थालेको छ। एसपीसी सिम्बलमा यो कम्पनीको सेयर डिम्याटमा आएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

वि.सं.२०८३ साउन ३ आइतवार १३:४१

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८...