back

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि बैंक संचालक समितिको सोमबार बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गर्नुभएको छ । साथै, उहाँलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संचालकको रुपमा कार्य गरेको अनुभव रहेको छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय श्री निलम तिम्सिना ढुङ्गाना तथा श्री बमबहादुर मिश्र, लयायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...