back

पाँचथर पावर कम्पनीको नाफामा उछाल, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनीक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४४।६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.३९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको अन्य स्रोतको आम्दानी पनि बढेर १२ लाख ६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४ लाख २७ हजार रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भ ६ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०६.०३ रुपैयाँ रहेको छ।


मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३७

काठमाडौं । एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४...

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२७

काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७...

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

वि.सं.२०८१ साउन ३ बिहीवार १४:३८

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका...

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:५४

काठमाडौँ । अर्थ मन्त्रालयको सहमति विना तलब पारिश्रमिक, स्थानीय भत्ता,...

बैंक र फाइनान्समा बेथिति: ऐन विपरित कार्य गर्ने ८ वटा बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

बैंक र फाइनान्समा बेथिति: ऐन विपरित कार्य गर्ने ८ वटा बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

वि.सं.२०८१ साउन ३ बिहीवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दजर्न बैंक तथा वित्तीय...