कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
वि.सं.२०७८ कात्तिक १७ बुधवार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको हो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
प्रकाशित समय : १३:३२ बजे




















