महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्गको स्तरोन्नत्ती
वि.सं.२०७८ कात्तिक १६ मंगलवार
काठमाडौँ । महालक्ष्मीविकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै Omni Channel आधारित अत्याधुनिक BankXP Systemd मा स्तरोन्नत्तीगद उक्त सेवाको शुमारम्भ गरेको छ ।
यस बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधि मैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथहाल सञ्चालनमा रहेको मोबाइलबैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको हो ।
यसबाट ग्राहकलाई डिजिटल कारोवार गर्दा सहजहुनुका साथै छिटो, छरितो, चुस्ततथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।
यस सेवाको सुरुवात सँगै अब ग्राहकमहानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सुविधामोबाइलकासाथै वेब ब्राउजरका माध्यमबाट समेत लिनसक्नुहुनेछ । यसकासाथै यस सेवामा अनेकन अत्याधुनिकविशेषताहरु छन्।
यस सेवाअन्तर्गत बैंकमा खाता नै नभएकाहरुले समेत बैंकिङ्ग कारोबार गर्न सक्नुहुनेछ । यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाईएको छ ।
यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने छ।घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
यस प्रयोगकर्ता मैत्रीप्रविधि, BankXP Systemd मा स्तरोन्नत्ती गरे सँगै अब बैंकका ग्राहकहरुले बैंकमानगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यस सेवालाई प्रयोग गर्नका लागि Android को Playstore र IOS को Appstore बाट ग्राहकहरुले MahalaxmiBankXP डाउनलोड गर्न सकिने छ ।
यस बैंकको वेबसाईट WWW.mahalaxmibank.com बाट पनिउक्त सेवालाई सजिलै प्रयोग गर्न सकिने छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णालीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाखग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आइरहेको छ ।
प्रकाशित समय : १६:२६ बजे




















