back
himalayan life

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सबाट लिन सकिने

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सबाट लिन सकिने भएको छ।

मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरेका छन्।

यो सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आईसीएफसी फाइनान्सको २० वटै शाखाबाट सजिलै लिन सकिनेछ। यसबाट मुक्तिनाथ रेमिटका ग्राहकलाई रेमिट झुक्तानीका लागि अझ बढी सुविधा मिल्ने बैंकको विश्वास रहेको छ।

मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरि रहेका ४ हजार ५०० भन्दा बढी झुक्तानी केन्द्रबाट गर्दै आइरहेको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) लगायतका सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

२०७८ असोज २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...