back
himalayan life

पर्यटन दिवसको अवसरमा यी ७ महिला उद्यमी सम्मानित

काठमाडौँ । आज पर्यटन दिवसका दिन सात महिला उद्योगी सम्मानीत भएका छन् । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय रूपमा लागेका सोही महिला उद्यमीलाई सम्मान गरेको हो ।

परिसंघले विश्व पर्यटन दिवस २०२१ को अवसरमा ७ जना महिला उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्ले रहेका छन् । उनीहरूले पर्यटन प्रवर्धन एवं विकासमा सक्रिय रूपमा रहेको परिसंघले जानकारी दिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताए । नेपालको संस्कृति नै पाहुनाको स्वागत गर्ने भएकाले विदेशी पर्यटकको सत्कारका लागि सधैँ तयार रहेको कोइरालाले जनाएका छन् । स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनका लागि पहल गर्न पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय हुने बताए । ‘पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दिगो बनाउन महिलाको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दिगो आर्थिक विकासको आधारशिला तयार गर्न महिला उद्यमीको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले नेपालेको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थान आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्यको रूपमा रहेको जानकारी विश्व समुदायलाई दिन आवश्यक भएको बताए । उनले विभिन्न देशले नेपाललाई रेड लिस्ट’मा राखेको भन्दै त्यसलाई हटाउन परिसंघले पहल गर्ने उल्लेख गरेका छन् ।

यसै गरी परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले महिलाहरूलाई सक्षम बनाउँदै उद्यमशील बनाउन सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

२०७८ असोज १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...