back
himalayan life

रामेछापमा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन, अध्यक्षमा बस्नेत चयन

रामेछाप । नेकपा (एकीकृत समाजवादी) रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन भएका छन् । पार्टीको असोज ९ गते मन्थलीमा आयोजित भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । बस्नेत मन्थली नगरपालिकाका मेयर समेत हुन् ।

जिल्ला पार्टी कार्यालयसमेत उद्घाटन गरिएको उक्त भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने तथा विशेष अतिथि नेकपा एसका स्थायी कमिटी सदस्य सावित्री भुसाल सहभागी रहेका थिए । त्यसैगरी भेलामा अतिथिको रुपमा पोलिटव्युरो सदस्य देवशंकर पौडेल, केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) उपस्थित रहेका थिए । कार्यक्रम लालसिंह घिसिङको अध्यक्षता र गणेशबाबु खड्काको सञ्चालनमा सम्पन्न भएको हो।

भेलाले रमेशकुमार बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा धन योञ्जन र रामबहादुर बुढाथोकी चयन हुनुभएको छ भने युवा नेता लालसिं घिसिङ सचिवमा चयन भएका हुन् । भेलाले ८ जनालाई उपसचिवमा चयन गरेको छ । उपसचिव हुनेहरुमा गणेशबाबु खड्का, तीर्थलाल श्रेष्ठ, दीपक बुढाथोकी, संगम खड्का, विनोद श्रेष्ठ, प्रकाश कार्की, किरण मोक्तान र किरण कार्की रहेका छन् ।

भेलामा रामेछापका ६४ वटै वडाबाट उपस्थिति रहेको सचिव लालसिंह घिसिङले बताए । उनले पार्टीलाई नयाँ ढंगबाट जनताको माझमा स्थापित गर्ने उद्देश्य अनुरुप कार्यक्रममा जनता, कार्यकर्ता र नेताहरु सबैको भूमिका समान रहनेगरी माला र खादाजस्ता आर्थिक व्यवभार हुने कुराहरुको प्रयोग समेत नगरिएको बताए । घिसिङले कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति मात्रै मञ्चमा बसेर नेकपा एसले जनता, कार्यकर्ता र नेता समान छन् भन्ने सन्देश दिएको र नेकपा एसले अब यही अनुसार पार्टीलाई जनताको बीचमा लैजाने र पार्टी र जनताको सम्बन्ध माछा र पानी जस्तै हुनेगरी आफूहरु अगाडि बढ्ने बताए ।

यता भेलामार्फत निर्वाचित अध्यक्ष बस्नेतले समाजवादी समाज निर्माण गर्ने नेकपा एसको योजना अनुसार आफूहरु अगाडि बढ्ने बताए। उनले पार्टीको बैठक बसेर आगामी कार्यक्रम तय गर्ने भन्दै समाजवादी समाज निर्माणमा नेकपा एसले नेपालको इतिहासमै कोसेढुंगा सावित गर्ने बताए । यसअघिका पार्टीहरुले जनताको कुरा गर्ने तर जनताका सरोकारका कुनै पनि समस्या समाधान नगर्ने परिपाटी रहेको भन्दै नेकपा एसले जनसरोकारका विषय उठाउने र पार्टी सधैभरि जनतासँगै रहने बताए। उनले रामेछापमा मात्रै होइन नेकपा एसलाई मुलुककै जनताको प्रमुख र लोकप्रिय पार्टी बनाउने समेत बताए।

नेकपा एमालेबाट विद्रोह गर्दै माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एसले एक महिना अगाडि गत भदौ ९ गते निर्वाचन आयोगमार्फत राष्ट्रिय दलको रुपमा मान्यता पाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने अध्यादेश ल्याएसँगै एमालेभित्र असन्तुष्ट नेपाल पक्षले भदौ २ गते नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो । सोही निवेदन बमोजिम भदौँ ९ गते आयोगले नेकपा एसलाई राष्ट्रिय राजनीतिक दलको मान्यता दिएको हो ।

केन्द्रमा राष्ट्रिय दलको मान्यता पाएपछि प्रदेश र स्थानीय तहमा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले २१ दिनभित्र नेकपा एस रोजेमा बैधानिकता पाउने आयोगको निर्णय अनुसार प्रदेश र स्थानीय तहका धेरै जनप्रतिनिधिहरुले नेकपा एस रोजेका थिए । सोही क्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले पनि नेकपा एकीकृत समाजवादी रोजेका हुन् । बस्नेत यसअघि पनि जिल्ला विकास समितिको उपसभापति, सभापति निर्वाचित भएका थिए ।

३० वर्षअघि पनि रामेछापमा राष्ट्रिय पार्टीको मुख्य नेतृत्वमा रहेका बस्नेत फेरि पनि राष्ट्रिय पार्टीको मान्यता पाएको नेकपा एसको मुख्य नेतृत्वमा चयन भएका हुन् ।
२०७८ असोज ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...