back

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १३ अर्ब, स्थिर बन्यो बैंक तथा वित्तीय संस्थाहरुको कर्जा परिचालन

काठमाडौं  । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यहि चैत ९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १३ अर्ब रुपैयाँ बाहिरिएको हो ।

योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ । गत चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो ।

चैत ९ गते वाणिज्य बैंकहरुको निक्षेप भने १४ अर्ब रुपैयाँले घटेको छ । गत चैत ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा चैत ९ मा घटेर ४३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा परिचालन भने स्थिर रहेको छ । गत चैत ८ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा परिचालन ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत ९ गते पनि त्यति नै रहेको छ ।

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि स्थिर रहँदै चैत ९ गते ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै रहेको छ । गत चैत ८ गते पनि वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै रहेको थियो ।

चैत ९ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ९०.९६ प्रतिशत पुगेको छ । चैत ८ मा औसत सीडी रेसियो ९०.७३ प्रतिशत रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...