संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली
वि.सं.२०८१ पुस १५ सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन्।
आज गुरुङ समुदायको प्रमुख पर्व स्वदेश तथा विदेशमा धुमधामका साथ मनाइँदैछ।
यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ।’
प्रधानमन्त्री ओलीले नेपाल संस्कृतिमा धेरै धनी रहेको उल्लेख गर्दै भने, ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ।’
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यसपर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित समय : १२:३२ बजे





















