back
nactional

सुर्खेत विमानस्थलमा यतिको सफल परिक्षण उडान

सुर्खेत । यति एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ । शनिबार यती एअरलाइन्सको ९ एन–एएमएन कल साइनको एटीआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।

निकट भविष्यमै यति एअरलाइन्सले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान दिउसो सवा १२ बजे सुर्खेत बिमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले जहाज उडाएका थिए । परीक्षण उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथा प्रतिनिधिहरुको टोली साथमा रहेका थिए ।

यती एअरलाइन्सले निकट भविष्यमा काठमाडौ सुर्खेत नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने प्रवत्ता बर्तौलाले बताए ।

यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ । निकट भविष्यमा थप विमान मार्फत सेवा बिस्तार गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ । यतिको प्रवेशसंगै कर्णालीको राजधानी सुर्खेतबाट दैनिक उडान थपिँदा यात्रुहरुलाई राहत मिल्ने छ ।

 

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

नाट्टाको २५औँ कार्यसमितिका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक

वि.सं.२०८३ साउन २८ बिहीवार १०:५८

काठमाडौँ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी

वि.सं.२०८३ साउन २८ बिहीवार १०:२५

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान 

वि.सं.२०८३ साउन २६ मंगलवार १८:०८

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

आन्तरिक उडानको भाडा बढ्यो

आन्तरिक उडानको भाडा बढ्यो

वि.सं.२०८३ साउन १९ मंगलवार १९:१४

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २०...