back

नेप्से ७ महिनायताकै उच्च विन्दुमा, २३ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च विन्दु चुमेको हो ।

आइतबार नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१.५५ को विन्दुमा पुगेर रोकिएको छ । यसअघि गत साउन १४ गते नेप्से २९५४.१४ को विन्दुमा पुगेको थियो, जसलाई पछ्याउँदै आज बजारले नयाँ उचाइ तय गरेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ११.११ अंकले बढेको छ ।
बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि नयाँ उत्साह थपेको छ । आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता सेयर २ लाख ४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पनि गत साउन ११ गते (२६ अर्ब ५७ करोड) पछिकै उच्च हो ।

आजको बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनले १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् । यस्तै विजय लघुवित्त र एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन् । कारोबारका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रह्यो। यस बैंकको ८५ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । त्यस्तै नेशनल हाइड्रोपावर र शिवम् सिमेन्ट्स पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

आज कारोबार भएका १३ उपसमूहमध्ये १२ वटामा हरियाली छाएको छ भने व्यापार उपसमूह मात्र रातो अंकमा सीमित भयो । लघुवित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै ४.२१ प्रतिशत नाफा कमाएका छन् । होटल तथा पर्यटन, बैंकिङ्ग, विकास बैंक, र बीमा लगायतका उपसमूहहरूमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

समग्रमा, लगानीकर्ताको मनोबल उच्च देखिँदा बजारमा ठूलो परिमाणको कारोबारसहित परिसूचकले सकारात्मक मोड लिएको विश्लेषण गरिएको छ।

nactional life
Corporatebazar 11 Anniversary

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:३३

काठमाडौँ । धितोपत्र बजारमा लगातारको उतारचढावबीच साताको तेस्रो कारोबार दिन...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...