back
skip this gaugauma singhadarbar

आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाण्डौ । बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत दिन सकिने व्यवस्था गरिएको छ । यो आईपीओ छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ ।

यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ । यसअघि, कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ जारी गरिसकेको थियो ।

बुङ्गल हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि र २ लाख ७ हजार ५०० कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको थियो ।


कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

वि.सं.२०८२ भदौ १९ बिहीवार १६:१८

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि...

नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ भदौ १७ मंगलवार १६:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले...

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

वि.सं.२०८२ भदौ १७ मंगलवार ०९:२९

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका...

१२ अंकले बढ्यो शेयर बजार

१२ अंकले बढ्यो शेयर बजार

वि.सं.२०८२ भदौ १६ सोमवार १५:३९

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज...

३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८२ भदौ १५ आइतवार १५:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.१७ अंकले...