back
skip this gaugauma singhadarbar

तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड अझै खुल्न सकेन

बाजुरा । बाजुराको लाईफ लाईनको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड तीन महिना पुग्नै लाग्दा पनि खुल्न सकेको छैन ।

सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेग जोड्ने सडक खण्ड बर्षातको समय सुरु भएसँगै अवरुद्ध भएको हो । असार दोस्रो हप्तादेखि अवरुद्ध भएको उक्त सडकखण्ड भदौको तेस्रो हप्ता सुरु भईसक्दा सम्म पनि खुल्न सकेको छैन्।

हालसम्म सडक खुल्न नसक्दा पुर्वी उत्तरी भेगका चार वटा पालिकाका नागरिक छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट त्यस्तै बडीमालिकाको ढम्कने,रजातोली,सिराडी लगायतका स्थानीयलाई आवत–जावत गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सास्ती बेहोर्नु परेको छ।

मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली(दानचौर) रजातोली त्यस्तै भासुपाल लगायत विभिन्न स्थानको पहिरो र बाउली,रजातोली,दानासाघु खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावलका अनुसार सडकखण्ड सञ्चालनको लागी सम्बन्धित निकायलाई ताकेता गरिएको भए पनि सडकखण्ड खुलाउने कुनै सुरसार नभएको बताएका छन्।

ठाउँ–ठाउँमा पहिरो खसेकोले सडकखण्ड सुचारु गर्न नसिकएको उनको भनाइ छ। मार्तडी–कोल्टी सडक खण्ड हरेक वर्ष अबरुद्ध हुँदा सास्ती खेप्नु परेको बडिमालिका ७ का स्थानीय तथा शिक्षक प्रेमलाल पाध्यायले बताएका छन्।

ठाउँ–ठाउँमा सडक अबरुद्ध हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । जिल्ली पहिरोका कारण लक्ष्मी मावि बर्षाैदेखि उच्च जोखिममा रहेको उनले बताए ।

जिल्ली पहिरोले विद्यालय बर्षाैदेखि जोखिममा रहनुका साथै  माथि पहिरो हेर्दै पढाउनु पर्ने बाध्यता छ ।पटक–पटक विद्यालयको अवस्था बारे स्थानीय,प्रदेश तथा संघ सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको पाध्यायले बताए ।

मार्तडी–कोल्टी सडकखण्ड बर्षेनी असार देखि असोजसम्म करिब ५ महिना पूर्ण रूपमा अवरुद्ध हुँने गरेको छ । उक्त सडकखण्ड अहिलेसम्म कालोपत्रे नहुँदा बर्षेनी समस्या भाग्नुपर्ने बाध्यता छ । मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडी देखि चुथीसम्मको ९ किलोमिटर सडक त्यस्तै चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडकमा केहि कार्य भए पनी अरु निर्माण कार्य अलपत्र छ ।

बडीमालिका–७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो खसेपछि सडक अवरुद्ध छ । त्यस्तै बाउली, रजातोली, दानसाँघु लगायतका ठुला नदीमा पुल नहुँदा बर्षेनी समस्या हुने गरेको छ ।

सडक सुचारु गर्न बडीमालिका नगरपालिका र पूर्वाधार विकास कार्यालयबीच सम्झौता भएको थियो । उक्त सम्झौतामा नगरपालिकाको डोजरले सडकको पहिरो हटाउने र बजेट सम्बन्धित निकाय सडक पूर्वाधार कार्यालयले भुक्तानी गर्ने भनिए पनि कार्यान्वयन भने भएको छैन्।


अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

वि.सं.२०८२ भदौ २५ बुधवार १२:५७

काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन...

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

नेपाली सेनाले गर्‍यो संयमता अपनाउन अपिल

वि.सं.२०८२ भदौ २४ मंगलवार १८:१६

काठमाडौं । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

वि.सं.२०८२ भदौ २४ मंगलवार १४:३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्...

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते...

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाे)

वि.सं.२०८२ भदौ २३ सोमवार १५:५७

जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू...

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ २२ आइतवार १०:३२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ...