back
national life

सरकारले नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा दिनका लागि नागरिक एप्सलाई बिस्तार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘नागरिक एप्सलाई सेवा दिनेगरी विस्तार गर्ने र सबै सेवा अनलाइनबाटै नागरिकलाई दिनका लागि नागरिक एप्सलाई बिस्तार गर्ने नीति तथा कार्यक्रममार्फत घोषणा गरेका छौं ।’
साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखिएको जनाएको छ ।

उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आय आर्जनका अवसरहरू वृद्धि गरिनेछ । सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गरी जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ ।’

यसैगरी नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’ त्यस्तै फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी आवको नीति तथा कार्यक्रम अनुसार कर प्रणालीमा संरचनात्मक सुधार गरिने भएको छ । यसका साथै वैदेशिक सहायताको आवश्यकताका आधारमा वितरण गरिने र वैदेशिक लगानीलाई पनि आवश्यक क्षेत्रमा मात्रै परिचालन गरिने भएको छ ।

national life
gaugauma singhadarbar

चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

वि.सं.२०८२ माघ २९ बिहीवार १५:२८

काठमाडौँ । साताका अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ माघ २९ बिहीवार १२:३५

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...

पछिल्ला तीन कारोबार दिनदेखि नेप्से स्थिर, कारोबार रकम भने सामान्य बढ्यो

पछिल्ला तीन कारोबार दिनदेखि नेप्से स्थिर, कारोबार रकम भने सामान्य बढ्यो

वि.सं.२०८२ माघ २८ बुधवार १५:२९

काठमाडौं । बुधबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। पछिल्ला...

एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि निष्कासन हुँदै

एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि निष्कासन हुँदै

वि.सं.२०८२ माघ २८ बुधवार १२:२४

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित...

निरन्तर घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

निरन्तर घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

वि.सं.२०८२ माघ २७ मंगलवार १५:१४

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

वि.सं.२०८२ माघ २७ मंगलवार १२:३४

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको...