back

जनता एग्रो एण्ड फरेष्ट्रीले एक अर्बकाे आईपीओ जारी गर्ने, संचालकहरु को को छन् ?

नेपालका चर्चित व्यवसायीहरुले स्थापना गरेको कम्पनी

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणको लागि एक अर्ब बराबरको शेयर जारी गर्ने भएको छ। विसं २०८२ भित्रै प्राथमिक शेयर (आईपीओ) निस्कासन गर्ने तयारी गरिरहेको यो कम्पनीको कुल ३ अर्ब चुक्ता पूँजीमध्ये २ अर्ब संस्थापकहरुबाट र १ अर्ब सर्वसाधारणबाट जुटाउने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

कृषि क्षेत्रबाट शेयर बजारमा यस अघि मुक्तिनाथ कृषि कम्पनी सूचीकृत भइसकेको छ भने श्रीनगर एग्रो कम्पनी पनि सूचीकरणको क्रममा रहेको छ । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड नेपालका चर्चित व्यवसायीहरुले स्थापना गरेको कम्पनी हो । करिब ६ सय जना संस्थापक रहेको कम्पनीको अध्यक्ष पवन गोल्यान रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ र प्याप्सनका पूर्व अध्यक्ष भोजबहादुर शाह छन् । शाह कम्पनीको कार्यकारी निर्देशक पनि हुन् ।

कम्पनीका अन्य संचालकहरुमा तत्कालिन जनता बैंकको अध्यक्ष केशवबहादुर रायमाझी, नेफस्कुनका पूर्व अध्यक्ष परितोष पौडेल, वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, चर्चित प्रांगारिक कृषक प्रेम लामा र मोटिभेसनल स्पिकर नरबहादुर कार्की रहेका छन् । कम्पनीले स्थानीय तहसँग मिलेर कृषि उत्पादनको बजारीकरण गर्ने मुख्य उद्देश्य राखेको कम्पनीका संचालकहरु बताउँछन् ।

nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...