प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
वि.सं.२०८२ वैशाख ४ बिहीवार
काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरको ६१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
बोर्डबाट स्वीकृति पाएमा कम्पनीले ६१ लाख २५ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित समय : १८:१० बजे




















