back

पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि बाँके जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजारीमा रहेका नेपालीहरुले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ५ गते हुनेछ भने ढिलोमा चैत २० गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १२ करोड ५५ लाख रुपैयाँ रहेको छ। सो आयोजनाले सन् २०७७ पुस २ गते विद्युत अनुमति प्राप्त गरेको थियो। त्यस्तै, कम्पनीले नै प्रबर्धन गरेको १० मेगावाट क्षमताको सौर्य पि.भि. विद्युत आयोजना ब्लक २ को कुल लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ। सो आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ७१ लाख रुपैयाँ रहेको छ। सो आयोजनाले २०७७ मंसिर २९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो।

यी दुबै आयोजनाहरुको विद्युत उत्पादन अनुमति २० वर्ष ११ महिना बाँकी रहेको छ। यी दुबै आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१२ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.४२ वर्ष रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २ बुधवार १०:०५

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको...

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ चैत ३० सोमवार १०:५४

काठमाडौं । एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर ९आईपीओ०मा...