तीन लघुवित्तसहित सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०८१ पुस १४ आइतवार
काठमाडौं । आज पुस १४ गते, आइतबार, ७ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
उक्त दिन कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
छिमेक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ७ प्रतिशत गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस २९ गते सोमबार, बिहान ११ बजे होटल सामना प्रा.लि. को सभाहल, मकवानपुर, हेटौडामा २३ औँ वार्षिक साधारण सभा डाकेको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न लघुवित्तले पुस २८ गते बिहान साढे १० बजे केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा वार्षिक साधारण सभा बोलाएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले पुस २९ गते, सोमबार होटल माला इन, घोराही १५, दाङमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
त्यस्तैगरी,कृषि विकास बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांशसहित बैंकले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
मितेरी डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सोही प्रस्वसहित बैंकले पुस २७ गते, शनिबार, बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।
महालक्ष्मी विकास बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावसहित कम्पनीले पुस २९ गते, सोमबार, बिहान १० बजे एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
चिलिमे हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश गरी जम्मा १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २८ गते नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ।
प्रकाशित समय : ११:५६ बजे






















