back
himalayan life

अरुण भ्याली हाइड्रोपावरको नाफा घट्यो,अन्य सूचक कस्ता छन् ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको नाफामा गिरावट देखिएको छ । एकै वर्ष कम्पनीको खुद नाफा साढे ८८ प्रतिशत घटेको छ।

कम्पनीले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ ।

अघिल्लो आवमा कम्पनीले ५ करोड ८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने ८८.४३ प्रतिशत घटेर ५८ लाख ८४ हजार रुपैयाँमा सिमित भएको छ।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै खुद नाफामा भारी गिरावट देखिएको छ। गत वर्ष कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी ५७.२७ प्रतिशत घटेर ११ करोड २२ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा भने कम्पनीले २० करोड ६८ लाख बढीको बिजुली बेचेको थियो ।

कुल खर्च ३.७२ प्रतिशत घटाएको कम्पनीले अन्य आम्दानी भने ६४.८९ प्रतिशत बढाएको छ । गत वर्ष कम्पनीको कुल खर्च २६ करोड ५६ लाख रुपैयाँ कायम भएको छ। यता, अन्य शीर्षकको आम्दानी भने १५ करोड ५५ लाखबाट बढेर २५ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ५६ पैसा घटेको छ । हाल कम्पनीको यस्तो आम्दानी १६ पैसा मात्रै कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने १०३ रुपैयाँ ४९ पैसा छ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...