back

सेयर बजारमा एकाएक उछाल

बैंकहरुको ब्याजदर पनि घट्दो क्रममा

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार एकाएक ५८.५८ अंकले बढेको हो । उक्त दिन बजार परिसूचकले २१ सय बिन्दु माथि उक्लिएको छ ।

आज परिसूचक २१११ दशमलव २४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १३ वटौ उप सूमहरु हरियाली बनेका छन् ।

बजारसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ।

लगानीकर्ताको मनोबाल बढेसँगै बजारमा उछाल आएको हो । अस्थिर राजनीति गतिविधिले लगानीकर्ता अन्यौलमा थिए। तर, नयाँ सक्तासमीकरणपछि भने उनीहरुको मनोबल दरिलो बन्दै गएको पाइन्छ । यता, नियामक निकायको नीतिगत सुधारले पनि थप टेवा पुगेको हो ।

बजार सुधारका लागि नव नियुक्ति अर्थमन्त्री वर्षमान पुनले पनि पहलकदमी अघि बढाएका छन् । उनले पुँजी बजारको नियामक निकायसँग सुझाव समेत माग गरेका छन् ।

पुँजी बजार विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरु र सुझाव माग गर्दै अर्थमन्त्रीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पत्र समेत काटी सकेका छन ।

उनले ७ दिनको म्याद राखेर तीन निकायलाई सुझावसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । यसले पनि लगानीकर्ताको मनोबल बढाएको छ ।

यता, पछिल्लो समय बैंकहरुको ब्याजदर पनि घट्दो क्रममा नै छ । ब्याजदर पनि घट्दा सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्छ । आगामी चैत महिनामा पनि ब्याजदर थप घट्ने संकेत छ । यसले पनि बजार थप सकारात्मक बनेको हो ।

nactional life
Corporatebazar 11 Anniversary

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:१२

काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:४०

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...