साताको नेप्से : कुन दिन कस्तो थियो बजार ?
वि.सं.२०८० फागुन १८ शुक्रवार
काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) एक हप्तामा २ दिन मात्र बढेको छ ।
हप्ताको पहिलो करोबार १९ सय विन्दुबाट सुरु भएको शेयर हप्ताको अन्तिम कारोबार पनि १९ सय विन्दुमा नै आएर रोकिएको छ ।
बीचमा २ दिन बजार बढ्दा भने २ हजार विन्दुमा पुगेको नेप्से निरन्तर घटेर फेरी १९ सय विन्दुमा कायम भएको छ ।
आईतबार
आईतबार नेप्से २६.८१ अंकले घटेर १९७९.०१ अंकमा पुगेको थियो । आईतबार ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबारको ८५ लाख ४६ हजार ९२० कित्ता शेयर कारोबार भएको थियो ।
आईतबार २०६ कम्पनीको शेयर घट्दा २८ कम्पनीको शेयर बढेको थियो भने ४ कम्पनीको शेयर स्थिर रहेको थियो ।
आईतबार बोर्टस नेपालको शेयर १० प्रतिशतले बढेर सकारात्मक सक्रिट लागेको थियो भने समाज लघुवित्तको १० प्रतिशतले घटेर नकारात्म सक्रिट लागेको थियो ।
सोमबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा पुगेको थियो । सोमबार २ अर्ब १ करोड ७७ लाख ३९ हजार रुपैयाँ बराबरको ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर किनबेच भएको थियो ।
कम्पनीको मुल्य बढेको थियो भने ७५ वटा कम्पनीको मूल्य घटेको थियो । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको थियो ।
बोटर्स नेपालको शेयर १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हनेको थियो भने समाज लघुवित्तको १० प्रतिशतले घटेर नकारात्मक सक्रिट हानेको थियो । उपसूचक मध्ये ३ उपसूचकको शेयर घटेको थियो भने बाकी सबै बढेको थियो ।
उपसूचकमध्ये सबैभन्दा बढी निर्माण र प्रशोधनको शेयर २.५१ प्रतिशतले बढेको थियो । सोमबार भएको करोबार मध्ये फाइन्यान्सको सबैभन्दा बढी ०.२५ प्रतिशतले शेयर घटेको देखिएको थियो ।
मंगलबार पनि शेयर बजार बढेको थियो । मंगलबार नेप्से ९.३४ अंकले बढेर २००१.६४ अंकमा पुगेको थियो । आज १ अर्ब ८६ करोड ९८ लाख १३ हजार बराबारको ५२ लाख ३९ हजार ४१६ वित्ता शेयर किनबेच भएको थियो ।
मंगलबार नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये १४३ वटा कम्पनीको शेयर बढेको थियो भने ८९ वटा कम्पनीको शेयर घटेको थियो । १६ वटा कम्पनीको शेयर भने स्थिर रहेको थियो ।
उपसमुहमा ६ समुहको शेयर घटेको थियो भने ७ उपसमुहको शेयर बढेको थियो । बटर्स नेपाल (बालाजु)को शेयर मंगलबार पनि १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हानेको थियो भने विपीडब्लु लघुवित्तको पनि पोटेटिभ सक्रिट हानेको थियो ।
बुधबार नेप्से ०.८७ अंकले घटेर २०००.७७ अंक कायम भएको थियो । बुधबार भएको करोबार मध्ये ७१ वटा कम्पनीको शेयर बढेको थियो भने १७० वटा कम्पनीको मुल्य घटेको थियो । ७ वटा कम्पनीको भने शेयर मूल्य स्थिर रहेको थियो ।
बुधबार २ अर्ब ३ करोड ८१ लाख बराबारको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच भएको थियो । बुधबार ४ कम्पनीको शेयर १० प्रतिशतले बढेर पोजेटिभ सक्रिट लागेको थियो । सब इन्डेक्सममा ६ समुहको शेयर बढेको थियो भने अन्य घटेको थियो ।
बिहिबार हप्ताको अन्तिम शेयर बजार घटेको छ । बिहिबार नेप्से २८.६८ अंकले घटेर नेप्से परिसुचक १९७२.०९ अंकमा पुगेको छ । बिहिबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच भएको छ ।
बिहिबार २२० कम्पनीको शेयर घट्दा १७ कम्पनीको शेयर बढेको छ भने ११ कम्पनीको शेयर भने स्थिर रहेको छ । बिहिबार उपसूचकमध्ये सबै राताम्य भएको छ ।
करोबारमध्ये सबैभन्दा बढी बोटर्स नेपाल (बालाजु)को शेयर १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हानेको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्टको भने १० प्रतिशतले घटेर नकारात्मक सक्रिट हानेको छ ।
प्रकाशित समय : १२:०८ बजे






















