नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने उत्साह

वि.सं.२०७८ वैशाख २० सोमवार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार र गत बिहीबार गरेर झण्डै ८० अंक उकालो लागेको बजार सोमबार कारोबारको अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो ।
यो दिन नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ मा झरेको छ । घटेको बजारमा पनि कारोबार रकम भने उत्साहित नै देखिएको छ । दिनभर कारोबारमा आएका २१६ कम्पनीको १ करोड ५९ लाख ८ हजार ४ सय ८९ कित्ता सेयर किनबेच गर्दा ७ अर्ब ५२ करोड ९२ लाख बराबरको शेयर किनबेच भएको छ ।
सोमबार कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आजको बजारमा ५ कम्पनीको शेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भयो । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, ङादी ग्रप पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी कम्पनी, रु रु जलविद्युत परियोजनाको मूल्य उच्चदरले बढेको हो ।

प्रकाशित समय : १०:०६ बजे