back

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

nactional life

सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ।

ग्यालेक्सी एम१६ फाइभजी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइनसहितको ग्यालेक्सी एम१६ फाइभजी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो र यसमा सेग्मेन्ट(अग्रणी एफएचडीं सुपर एमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको छ भनी सामसङ नेपाल का निर्देशक प्रणय रत्न स्थापितले बताए।

मोन्सटर डिस्प्ले

ग्यालेक्सी एम१६ फाइभजीमा ६.७ इन्चको एफएचडीं सुपर एमोलेड डिस्प्ले दिइएको छ, जसले भाइब्रान्ट कलर र क्लियारिटी दिन्छ। यसको एडेप्टिभ हाई ब्राइटनेस मोडले घाममा पनि सजिलै कन्टेन्ट हेर्न मिल्ने सुविधा दिन्छ – जेन जी र मिलेनियलका लागि एकदम उपयुक्त।

मोन्सटर डिजाइन

नयाँ लिनियर ग्रुप क्यामेरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन, र ७.९एमएम स्लिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। तीन रंगमा उपलब्धस् ब्लस पिंक, मिन्ट ग्रीन र थन्डर ब्ल्याक।

मोन्सटर परफरमेन्स एन्ड कनेक्टिभिटी
ग्यालेक्सी एम१६ फाइभजीमा मिडियाटेक डाइमेनसिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा स्पिड र इफिसेन्सी सुनिश्चित गर्छ।

मोन्सटर क्यामेरा
५० एमपी को मुख्य क्यामेरा, ५ एमपी को अल्ट्रा(वाइड, २ एमपी को म्याक्रो क्यामेरा र १३ एमपी को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ।

मोन्सटर ब्याट्री
५००० एएएचको ब्याट्री र द्दछध् को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज(वाचिंग गर्न मिल्छ।

मोन्सटर ग्यालेक्सी एक्सपेरियन्स
सामसङ ले ग्यालेक्सी एम१६ फाइभजी मार्फत ६ वर्षको ओएस अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली र भ्वाइस फोकस जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।

मूल्य र उपलब्धता
सामसङ ग्यालेक्सी एम१६ फाइभजी नेपालभरका सामसङ को आधिकारिक स्टोरहरूमा उपलब्ध छ। उपलब्ध रंगस् ब्ल्याक, लाइट ग्रीन, र लाइट पिंक।

डिभाइस र्‍यामरस्टोरेज रंग मूल्य
ग्यालेक्सी एम १६ फाइभजी ६ जिबी र १२८ जिबी ब्ल्याक, लाइट ग्रीन, लाइट पिंक २६ हजार ९९९ रुपैयाँ

सुविधाजनक ईएमआई सुविधा
सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत, हुलास फिनसर्भबाट मात्र नागरिकताकै आधारमा न्यूनतम १ हजार ३५० रुपैयाँ प्रति महिनाको ईएमआईमा फोन खरिद गर्न सकिन्छ। साथै पुराना फोन साटेर ग्यालेक्सी एम१६ फाइभजी किन्न सबकोफोन र अर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सकिन्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ...

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...