back

‘चुनाव निष्पक्ष हुनेछ, सिसी क्यामेरा र ड्रोनले भिडियो खिच्नेछ’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्छ भनेर दावी गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने बताएका हुन् ।

उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने–‘मेरो नेतृत्वमा शान्तिपूर्ण, स्वच्छ निष्पक्ष निर्वाचन हुन्छ । राष्ट्रिय अन्र्तराष्ट्रिय तमाम पर्यवेक्षकहरु बोलाएर सामेत गरेर गरिनेछ । यो सिसी क्यामेराको जमाना हो । क्यामेरामात्र हैन सिसी क्यामेरा जडान गरिनेछ । आज ड्रोनको समय हो । माथिबाट ड्रोनबाट गतिविधीहरु खिचिनेछ । म देशी बिदेशीलाई चुनौतीका साथ भन्छु यो सरकारले गराएको चुनाव सर्वोत्कृष्टता ठहरिनेछ ।’

उनले थपे –‘मै प्रधानमन्त्री भएँ भनेमात्रै चुनाव हुन्छ भनेर तानातान गरेर केही हुँदैन् । यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिन्छ । प्रधानमन्त्री बन्ने के स्रोत हो साथीहरुलाई म संविधान हेर्न आग्रह गर्दछु ।

हामी लोकतान्त्रिक शक्ति भएकोले संविधानको बाटो चल्नुपर्छ । असंवैधानिक बाटोमा हिँड्ने कुरासँग कुनै सम्झौता गर्न सकिँदैन । त्यस्ता प्रबृतिहरुसँग झुक्न समेत सकिँदैन ।’

२०७८ जेठ ९ गते प्रकाशित।

 

 


मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

वि.सं.२०८१ पुस १० बुधवार १७:२२

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा...

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

वि.सं.२०८१ साउन ३० बुधवार १०:५७

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको...

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

वि.सं.२०७९ कात्तिक १ मंगलवार ०७:४८

काठमाडौं । यो वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला...

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

वि.सं.२०७९ जेठ २३ सोमवार ११:०२

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति...