back
Naima

बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ

विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप

सिरहा- सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुदाशाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो ।

पीडित महिलाले यादवविरुद्ध विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनका अनुसार, इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन गएका थिए, तर जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको थियो।

पीडित महिलाले यस विषयमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन्। तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै कारण अवरोध झेल्नुपरेको उनको गुनासो छ।

यता,इलाका प्रहरी कार्यलय लहानका डिएसपी बिष्णु सोतिले आफू नीर कुनै पनि महिलाले आफ्नो जवान बिरुद्ध जाहेरी लिएर नआएको बताए ।आफ्नै इलाकाको प्रहरी जवान भएपनि अनुसन्धामा सहयोग पुर्याएको सोतिको दाबी छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए। हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यता, पीडित महिलाले प्रहरीलाई ब्लैकमेल गर्न खोजेको आरोप लगाईएको छ । एक प्रहरीसँग नै मुद्दा हाल्नुभन्दा अगाडी एक छिन सोच्न दिनुस भनेर भनेकी ती महिलाले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको बताईएको छ ।

म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सिरहा ल्याउदा थुनुवा कोठा सम्म हातमा हात हालेर हिडेको देखिएको प्रहरी नविन यादवका एक आफन्तले बताए ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

परराष्ट्र मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

वि.सं.२०८३ साउन २५ सोमवार १८:१७

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज,...

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

तस्करहरूले एकै रातमा लाखौँ–करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरिकन तस्करी गर्छन् : आशिका तामाङ

वि.सं.२०८३ साउन २५ सोमवार १६:३८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी 

वि.सं.२०८३ साउन २५ सोमवार १४:०३

काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित...

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

वि.सं.२०८३ साउन २५ सोमवार १३:५७

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई...