back

माछापुच्छ्रे र लक्ष्मी बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्दै

काठमाडौँ । माछापुच्छ्रे र लक्ष्मी बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन तथा बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई असार १५ गते र माछापुच्छ्रे बैंकलाई असार १६ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।

लक्ष्मी बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरले २० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ ।

जसमा ८ लाख इकाई सर्वसाधारणका लागि र बाँकी १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर दिनेछ । बैंकले १० वर्ष अवधिको ‘० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री गर्नेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री गर्नेछ । जसमा १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकको ऋणपत्रले वार्षिक ८.५ प्रतिशत ब्याजदर दिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५५ माछापुच्छ्रे बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र बिक्री गर्नेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

२०७८ असार १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

वि.सं.२०८३ साउन १७ आइतवार २०:२९

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

वि.सं.२०८३ साउन १७ आइतवार ११:५४

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि...

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३१

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२)...

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा...