back
skip this gaugauma singhadarbar

राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।

ुराजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भन्नभुयो व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि ध्यान दिन्छौं ।

उहाँले चुहावट नियन्त्रणका लागि समन्वय गरी काम गर्न विभागहरु र सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउन भन्दै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । प्रणालीमा रहेका कमजोरीहरुलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताउनुभयो । उहाँले आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताउनुभयो ।

गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारवाही गर्ने बताउनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमित रुपमा छलफल गरि अघि बढ्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले निमयित रुपमा अनुमगन गर्नु पर्नु बताउनुभयो ।

अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न निकायबाट प्रयास भइरहेको भन्दै चुहावटमा संलग्नहरुलाई कारवाही भइरहेको बताउनभयो ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरुलाई प्रभावकारी बनाइने बताउनुभयो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

nactional life -asoj
gaugauma singhadarbar

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:५९

काठमाडौं । सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष...

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

यस्तो देखियो, देशको वर्तमान वित्तीय स्थिती

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:५४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असोज महिना सम्मको तथ्याङ्क...

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

वि.सं.२०८२ कात्तिक ३० आइतवार १७:४९

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको...

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

३५ उद्योगले तिरे पहिलो किस्ता डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता, कसले कति तिरे ? (लिस्टसहित)

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १६:०३

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट...

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १४:०६

काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र...

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ, लगानीको वातावरण बनाउनु पर्छ : गभर्नर पौडेल

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पैसा धेरै...