back

नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा सेफ सन्तोष शाह सम्मानित

काठमाडौं – नबिल बैंककाे हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित हुनुभएको छ ।

शाहले यु.के. को मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्वसामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गर्नुभएको थियो ।

सेफ शाह, बैंकका सिइओ अनिल केशरी शाह र पूर्व मिस नेपाल अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, सेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिबारे बोल्नुका साथै उहाँको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गर्नुभएको थियो ।

यो कार्यक्रमबाट प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएकाे बैंकले जनाएकाे छ । उक्त कार्यक्रममा बैंकको उच्च व्यवस्थापन  तहका अधिकारीहरूको समेत उपस्थिती थियो ।

नबिल बैंकले शाहलाई उहाँको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको हो ।

जसको अनुशरण गर्दै, नबिल बैंकले शेफ शाहको गृह नगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

नबिल बैंकले आगामी दिनहरूमा यस श्रृंखलालाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...