back

साना मात्रै कम्पनीको कारोबार गर्ने ‘एसएमई प्लेटफर्म’ को व्यवस्था गर्दै बोर्ड

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साना कम्पनी अर्थात थोरै मात्र कित्ता भएका कम्पनीको कारोबारका लागि छुट्टै विशेष प्लेटफर्म आउने भएको छ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका सेयरहरुमा निकै धेरै चलखेल हुने गरेको पाईएपछि बोर्डले चलखेल रोक्न यस्तो व्यवस्था गर्न लागेको हो ।

थोरै मात्र कित्ता सूचीकृत भएका साना कम्पनीहरुको सेयर कारोबारमा हुनसक्ने चलखेललाई रोक्ने उद्देश्यले त्यस्ता कम्पनीहरुको मात्र सेयर कारोबार गर्ने गरि विशेष प्लेटफर्म तयार गर्न लागिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।

उनले निकट भविष्यमै थोरै कित्ता मात्र सेयर जारी गरेका साना कम्पनीहरुको मात्र कारोबार हुने एसएमई प्लेटफर्म संचालन कार्यन्वयनमा बारे छलफल भईरहेको बताएका हुन् ।
उनले यसका लागि बोर्डले आवस्यक तयारी गरेर अगाडी बढीरहेको बताउँदै भने ‘ साना कम्पनीहरुको मात्रै कारोबार हुनेगरी निश्चित सीमा र मापदण्ड तोकेर नयाँ प्लेटफर्मको रुपमा एसएमई प्लेटफर्म बनाउने तयारी भईरहेको छ, यसको काम सुरु भइसकेको छ । नेप्सेले जतिसक्दो छिटो सिस्टम तयार गर्छ, त्यति छिटो यो व्यवस्थाको सुरुवात हुन्छ ।’

उनले थपे ‘साना कम्पनीहरुको एसएमई इण्डेक्स बनेपछि बजारमा धेरै ठूलो संख्यामा सेयरको आपूर्ति भएका कम्पनीहरुको पनि छुट्टै इण्डेक्स तयार हुनेछ ।’

उनले साना र ठूला कम्पनीको अलग अलग कारोबार प्लेटफर्म र इण्डेक्स तयार गर्दा नेप्सेको इण्डेक्स गणना विधि अझ बास्तविक, वैज्ञानिक हुने बताए । उनले भने ‘यो प्रयोगले इण्डेक्सको भोलाटिलिटी बढाउनेछ । बजार धेरै उतारचढाव हुने अवस्था आउन दिंदैन, बजारप्रति हेर्ने दृष्टिकोण सुधार्छ ।’

यो व्यवस्था अनुसार थोरै कित्ता सेयरको आपूर्ति भएका कम्पनीहरुको मूल्य चाँडो चाँडो परिवर्तन भइराख्ने र त्यस्ता कम्पनीहरुलाई एउटा समूहमा राखिने छ भने धेरै आपूर्ति भएका र मूल्यमा धेरै उतारचढाव नहुने हुँदा ठूला कम्पनीहरुका लागि मेन प्लेटफर्म तयार गरी कारोबारको व्यवस्था मिलाउने तयारी भईरहेको ढुंगानाले बताए । यस्तो व्यवस्थाले लगानीकर्ताले कुन तहको जोखिम लिने भन्ने विषय निर्णय गर्न पनि सहयोग पुग्ने उनको भनाई छ ।

२०७८ असार ११ गते प्रकाशित


सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४२

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...