साञ्जेन जलविद्युत्को सीईओमा ढुंगेल

वि.सं.२०७८ असार ११ शुक्रवार

काठमाडौँ । साञ्जेन जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुनीलकुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यसअघिका सिईओ किरणकुमार श्रेष्ठले राजीनामा दिएसँगै रिक्त पदमा ढुंगेल आएका हुन् । खुला प्रतिस्पर्धाबाटै नियुक्त भएका ढुंगेल नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् ।
रसुवा जिल्लामा १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले जलविद्युत् क्षेत्रका अनुभवी ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
२०७८ असार ११ गते प्रकाशित

प्रकाशित समय : ०१:४७ बजे