back

जनरल इन्स्योरेन्सको स्थगित साधारणसभा असार २१ गते हुने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको स्थगित साधारण सभा असार २१ गते हुने भएको छ । कम्पनीले बैशाख २६ गतेको लागि तय गरेको सभा कोभिडको कारण स्थगित भएपछि पुन सभा आह्वान गरेको हो । कम्पनीका अनुसार स्थगित गरिएको तेस्रो वार्षिक साधारण सभा असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे हुने छ ।

सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने छ । भने कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित हुने छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरिक्षण गर्नका लागि लेखा परिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउन सक्नेछन् ।

२०७८ असार ११ गते प्रकाशित


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...