back
himalayan life

रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार सभापति पदका उम्मेदवारले उम्मेदवारी मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

त्यस्तै, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र कम्तीमा २१ जना समर्थकको विवरण र हस्ताक्षरसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने स्पष्ट पारेको छ । तर, समर्थकको हकमा भने एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी, उम्मेदवारका प्रस्तावक वा समर्थक बन्ने व्यक्ति अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधिको सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्ने जनाइएको छ । साथै, कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था पनि गरिएको छ ।

रास्वपाले महाधिवेशन निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक नियम तथा मापदण्ड सार्वजनिक गर्दै निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

पूर्वअर्थमन्त्री पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

वि.सं.२०८३ असार ९ मंगलवार १३:२५

काठमाडौं । शंकास्पद सम्पत्तिको स्रोत र सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा...

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

वि.सं.२०८३ असार ९ मंगलवार ११:१२

काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान...