back
himalayan life

विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने कलेजका लागि नयाँ योग्यता निर्धारण गरेको छ । अब सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ अनुसार अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय विश्वविद्यालयसँग मात्र सहकार्य गर्न पाउने व्यवस्था गरिएको हो । यसअघि गुणस्तरका मापदण्ड अपेक्षाकृत लचिलो रहेकामा अब थप कडाइ गरिएको छ ।

नियमावलीले सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन प्रक्रिया पूरा गरेको हुनुपर्ने, पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा शैक्षिक क्षमता प्रमाणित गर्नुपर्ने व्यवस्था पनि गरेको छ । यी आधारमा मात्रै विद्यार्थी भर्ना कोटा निर्धारण गरिनेछ ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार नयाँ व्यवस्थाले गुणस्तरहीन विदेशी सम्बन्धनका कार्यक्रमलाई निरुत्साहित गर्ने, विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको शिक्षा पाउने सम्भावना बढाउने तथा उच्च शिक्षामा विश्वास बढाउने अपेक्षा गरिएको छ ।

यद्यपि हाल सञ्चालनमा रहेका केही कलेजले तोकिएका मापदण्ड पूरा गर्न थप लगानी र संरचनात्मक सुधार गर्नुपर्ने अवस्था आउने देखिएको छ । सरकारले त्यस्ता कलेजलाई निश्चित समय दिने र त्यसपछि पनि मापदण्ड पूरा नभए सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा अन्य कानुनी कारबाही गर्ने व्यवस्था गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

वि.सं.२०८३ असार २६ शुक्रवार १३:१९

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेक्रममा...

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

वि.सं.२०८३ असार २५ बिहीवार १९:२६

मुगु । मुगु जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को असार...

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

वि.सं.२०८३ असार २५ बिहीवार १८:०२

काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक...

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

वि.सं.२०८३ असार २५ बिहीवार १७:५५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या,...

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

वि.सं.२०८३ असार २५ बिहीवार १७:५३

काठमाडौं । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

वि.सं.२०८३ असार २४ बुधवार १९:४९

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर...