back
himalayan life

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन र भौतिक पूर्वाधार विकासका सन्दर्भमा आज(विहीबार) नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटघाटका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै यस क्षेत्रका व्यावहारिक अड्चनहरू फुकाउन सरकार सकारात्मक रहेको बताए ।

उनले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न तथा निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी र जिम्मेवार बनाउन सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिए ।

छलफलमा महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरेलगायतका पदाधिकारीहरूले निर्माण व्यवसायीले लामो समयदेखि भोग्दै आएका भुक्तानीको ढिलाइ, ठेक्का व्यवस्थापनमा रहेका जटिलता, म्याद थप, मूल्य समायोजन र सार्वजनिक खरिद ऐनमा सुधार गर्नुपर्ने विषयहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

व्यवसायीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन नीतिगत र प्रशासनिक सहजीकरणको आवश्यकता औंल्याउँदै निर्माण सामग्रीको उपलब्धता र बैंकिङ लगानीमा देखिएका समस्याबारे समेत प्रधानमन्त्रीलाई अवगत गराएका थिए । महासंघले यस क्षेत्रको सुधारका लागि आवश्यक बुँदाहरू समेटिएको लिखित सुझावसमेत प्रधानमन्त्रीलाई बुझाएको छ ।

करिब एक घण्टा चलेको छलफलपछि महासंघका महासचिव घिमिरेले प्रधानमन्त्री निर्माण क्षेत्रका समस्याप्रति निकै गम्भीर र सकारात्मक पाइएको जानकारी दिए ।

घिमिरेका अनुसार रुग्ण आयोजनाको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै नेतृत्वमा विशेष अध्ययन गरी आवश्यक पहल अघि बढाउने र मूल्य समायोजनका लागि आवश्यक बजेट व्यवस्थापनका सन्दर्भमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनुभएको छ ।

सार्वजनिक खरिद ऐन र नियमावली संशोधनलगायतका विषयमा सरकारले देखाएको तत्परताले निर्माण व्यवसायीहरूमा नयाँ उत्साह थपिएको र समस्याहरू समाधान हुनेमा उनीहरू आशावादी देखिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

वि.सं.२०८३ असार २६ शुक्रवार १३:१९

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेक्रममा...

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फछ्र्यौट

वि.सं.२०८३ असार २५ बिहीवार १९:२६

मुगु । मुगु जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को असार...

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

नेपाली स्टार्टअपलाई विश्वमञ्चमा पुर्‍याउने महाअभियान: ब्रिटिश कलेज र क्यान महासंघको ऐतिहासिक साझेदारी

वि.सं.२०८३ असार २५ बिहीवार १८:०२

काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक...

विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

वि.सं.२०८३ असार २५ बिहीवार १७:५७

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम...

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

वि.सं.२०८३ असार २५ बिहीवार १७:५३

काठमाडौं । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

वि.सं.२०८३ असार २४ बुधवार १९:४९

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर...